पत्रकार हमाललाई अदालत पेश गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

पत्रकार हमाललाई अदालत पेश गर्न सर्वोच्चको आदेश


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई पक्राउको कारण र बन्दीसहित सोमबार अदालत पेश गर्न आदेश दिएको हो ।

समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुवामा भदौं ६ गते हमाल पक्राउ परेका थिए । हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै दायर भएको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएको थियो ।

दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ४५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।