सांसदद्वारा मूल्यवृद्धिको विरोध | Khabarhub Khabarhub

सांसदद्वारा मूल्यवृद्धिको विरोध


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालीको महान् चाड वडादशैँको मुखमा चिनी, दूध, तरकारीलगायत खाद्य पदार्थमा मूल्यवृद्धि भएको विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएको छ ।

समितिको शुक्रबारको बैठकमा सांसदहरुले चाडपर्वको मुखमा बढी उपभोग गरिने वस्तुको मूल्य आकासिँदै जाँदा पनि सरकारले नियन्त्रण गर्न नसकेकामा आपत्ति प्रकट गरे ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले दशैँ, तिहार, छठलगायत पर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ बनाउने उद्देश्यले प्रारम्भिक छलफल गरिएको बताए ।

“दशैँसम्म मूल्यवृद्धि नगर्न सरकारलाई निर्देशन दिने तयारीमा छौँ, यसको तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र उभोक्तावादी संस्थाका अधिकारीसँग छलफल गरिएको हो”, उनले भने ।

बैठकमा सांसदहरु अमृतादेवी अग्रहरि, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, मुकुन्द न्यौपाने, सुजाता परियारलगायतले उपभोग्य वस्तुमा मूल्यवृद्धि तथा मिसावट बढ्दै गएकाले नियमन गर्नुपर्नेमा जोड दिए ।

भदौ २२ गतेपछि बैठकमा सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ०१ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच