ग्रानडालाई हराउँदै रियल शीर्ष स्थानमै यथावत « Khabarhub

ग्रानडालाई हराउँदै रियल शीर्ष स्थानमै यथावत


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले गएराति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानलाई यथावत राखेको छ ।

शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रीगेजले एक–एक गोल गरे ।

ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा हजार्डले गोल गर्दै रियलको अग्रता २–० को बनाए ।

खेलको ६१ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । ६९ औं मिनेटमा ग्रानडाका डार्विनले पेनाल्टीमा गोल गर्दै खेल ३–१ मा ल्याए । खेलको ७७ औं मिनेटमा ग्रानडाका डोमिन्गोसले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो । तर, खेलको ९० औं मिनेटमा रोड्रीगेजले गोल गर्दै रियललाई ४–२ को जित दिलाए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलमा १८ अंक जोडेको छ । रियलको यो पाँचौ जित हो । पराजित ग्रानडा ८ खेलमा १४ अंक जोडेर दोस्री स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ६ : ५९ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ