चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सेनाले थाल्यो सुरक्षा गस्ती | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि सेनाले थाल्यो सुरक्षा गस्ती


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको भ्रमणलाई लक्षित गरी नेपाली सेनाले सुरक्षा गस्ती थालेको हो ।

आगामी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरेर सेनाले हतियारसहित गस्ती बढाएको हो ।

काठमाडौंका मुख्य– मुख्य चोक र सड्क,विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गस्तीमा सेना परिचान भएको जानकारी दिए ।

सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ ।

सेनाले महाराजगंज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोट लगायतका क्षेत्रमा गस्ती गरिरहेको छ । उपत्यकामा मात्र करिब पाँच हजार सैनिक सुरक्षा गस्तीमा खटिएका छन् ।

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोली समेत सरकारले बनाइसकेको छ । उक्त टोलीले आवश्यक सुरक्षा प्रवन्ध मिलाउनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ११ : ०२ बजे

‘मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ’

भोजपुर– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले

उद्योगमन्त्री भन्छन्– भारत तयार भइसक्यो, दोधाराचाँदनीमा अब सुख्खा बन्दरगाह बन्छ

धनगढी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा

‘नेकेड’ पोस्टर सार्वजनिक गर्दै पल भन्छन्- आज विशेष दिन

काठमाडौं– नायक पल शाह केन्द्रीय भूमिकाका लागि तय भएको फिल्म

‘महाभोज’को मुहूर्त, कलाकारको जम्बो टोली लिएर छायाङ्कनमा निस्कदै राउत

काठमाडौं – दिनेश राउतको निर्देशन रहने मल्टीस्टारर फिल्म ‘महाभोज’को मुहूर्त

पाकिस्तानमा सैन्य कारबाहीमा आठ आतंककारी मारिए

इस्लामाबाद– पाकिस्तानको सुरक्षा बलले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई