लोकतन्त्रलाई निरंकुशताबाट नभई अराजकताबाट खतरा छ: प्रभु साह « Khabarhub

लोकतन्त्रलाई निरंकुशताबाट नभई अराजकताबाट खतरा छ: प्रभु साह


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रौतहट- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले लोकतन्त्रलाई निरंकुशताबाट नभई अराजकताबाट खतरा भएको बताएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गुजरा नगरपालिका-१, कोठियारमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले संघीय गणतन्त्रात्मक व्यवस्थाविरुद्ध षड्यन्त्र गरि अराजक तत्वहरु सल्बलाएको टिप्पणी गरे ।

‘ संघर्षपछि प्राप्त यो व्यवस्थालाई अराजकताबाट खतरा छ न कि सिधिएर गइसकेको निरंकुशताबाट । तर केही दलले अफबाह फैलाइरहेका छन । निरंकुशतासंग जोडेर कम्युनिष्टलाई गलत देखाउने त्यस्ता तत्वहरु वास्तवमा अराजक कार्यमा संलग्न छन जुन लोकतन्त्रको लागि खतरा हो ।’ साहले भने ।

अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी तत्वहरुले आफुले गरेको गलत काम वर्तमान सरकारको नाममा थुपार्न षड्यन्त्र गरेको बताए ।

साहले सरकारविरुद्ध गरिएको गलत प्रचारको पछि नलाग्न तथा यथार्थबारे आफैले मनन गर्न सबैलाई आग्रह गरे ।

उनले भने, “केही मान्छे तपाइको बीचमा आएर भनिरहेका छन् कि यो सरकारले केही गर्न सकेन, भ्रष्टाचार गरिरहेका छ, महिला हिंसा बढाएको छ । त्यस्ता व्यक्ति र तीनका दलहरुले हिजो पनि त्यही भनेको थियो । हिजो तिनीहरुले भने कि देशमा कम्युनिष्ट आउदा मठ मन्दिर फुटाउछ, धर्म मान्न दिदैन तर तपाइँहरु स्वयं साक्षी हुनुहुन्छ त्यस्तो केही भएन ।

उनले थपे, “प्रचण्ड भन्ने मान्छे नै छैन, पारस नै प्रचण्ड हो भन्ने मान्छेहरु पनि तिनै हुन्। महान जनयुद्धको कमान्डर कमरेड प्रचण्ड हुनुहुन्छ भन्ने कुराले तिनीहरुको झुट फेरि पनि सार्वजनिक भयो । त्यस्तै आज सरकारबारे जे गलत प्रचार हुदैछ त्यो हिजो जस्तै उनीहरुको फन्डा हो । म आग्रह गर्न चाहन्छु त्यस्ता हल्लाको पछाडी तपाईंहरु जस्तो बौद्धिक जनता लाग्नुहुनेछैन ।” “हिजो देशमा तस्करी थियो, सार्वजनिक जनिम व्यक्तिको नाममा रजिस्टर हुन्थ्यो । ओली सरकारले त तस्करी रोकिरहेको छ । आज सरकारले ती जग्गाहरु फिर्ता गराउदैछ र त्यो देखेर प्रतिक्रियावादीहरु आतिएका हुन । ” साहले भने ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : ०८ बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित