एक महिनापछि चल्यो च्याममा फोरजी सेवा « Khabarhub

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो । स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनः सञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताए ।

टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो । नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्रीको टोलीले निरन्तर मर्मत गरी प्राविधिक समस्या समाधान गरेको हो ।

च्याममा राखिएको टावरमा समस्या नभए पनि मुगुको सोरुमा राखिएको टावर डाउन हुँदा कनेक्सन अवरुद्ध भएको र प्राविधिक टोली सोरुमा गई टावर मर्मत गरेपछि सेवा सञ्चालनमा आएको प्राविधिक प्रेम रोकायाले बताए ।

टावर बन्द हुँदा च्यामलगायत आसपासका नागरिक लामो समयसम्म मोबाइल तथा इन्टरनेट सेवाबाट प्रभावित भएका थिए । आपत्कालीन अवस्थामा फोन सम्पर्क गर्नसमेत समस्या हुँदै आएको स्थानीयको गुनासो थियो ।

यसअघि नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले टावरमा आवश्यक सामग्री तथा प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताएका थिए ।

यसअघि सुर्खेतबाट प्राविधिक टोली आएर टावरको अवस्था हेरे पनि आवश्यक सामग्री नपुगेपछि मर्मत पूरा नगरी फर्किएको थियो ।

लामो समयपछि फोरजी सेवा पुनः सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन् ।
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : १७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना