‘उपसभामुखलाई जानकारी गराएर महरालाई पक्राउ गर्न सकिने’ « Khabarhub

‘उपसभामुखलाई जानकारी गराएर महरालाई पक्राउ गर्न सकिने’


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा आज पक्राउ पर्ने भएका छन् ।

महराले सभामुख पदबाट राजीनामा दिएपनि प्रतिनिधिसभाको बहालवाला सांसद भएका कारण उनलाई प्रहरीले पक्राउ गर्ला कि नगर्ला भन्ने प्रश्न उब्जिएको छ ।

यस्तो अवस्थामा जनप्रतिनिधिले फौजदारी अभियोग गरेको अवस्थामा प्रहरीले पक्राउ गर्न सक्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका उपनेता सुबास नेम्बाङले जानकारी दिए ।

नेम्बाङले भने, सांसदलाई पनि फौजदारी अभियोग लागेमा उपसभामुखलाई जानकारी गराएर प्रहरीले पक्राउ गर्न सकिन्छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पक्राउको अनुमति दिएको थियो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : १४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री