इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति « Khabarhub

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी अमेजनको क्लाउड केन्द्रमा क्षति पुगेको छ । बुधबार भएको यस आक्रमणबारे एक जानकार स्रोतले फाइनान्सियल टाइम्सलाई जानकारी दिएको हो ।

बहराइनको आन्तरिक मन्त्रालयले पनि सो दिन इरानी आक्रमणका कारण एउटा कम्पनीको भवनमा लागेको आगो निभाएको पुष्टि गरेको छ । यद्यपि मन्त्रालयले कम्पनीको नाम भने खुलाएको थिएन ।

यो आक्रमण बहराइनको हमालामा रहेको बाटेल्को केन्द्रलाई लक्षित गरी भएको जनाइएको छ । सो भवनभित्र अमेजन वेब सर्भिसको पूर्वाधार रहेको छ ।

अमेजनले सन् २०१९ देखि बहराइनमा आफ्नो सेवा विस्तार गरेको थियो । यसअघि मार्च २ मा पनि संयुक्त अरब इमिरेट्स र बहराइनमा रहेका आफ्ना डाटा सेन्टरहरूमा ड्रोन आक्रमण भएको अमेजनले स्वीकार गरेको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले केही दिनअघि मात्रै अमेरिकी प्रविधि कम्पनीहरूलाई सैन्य निसानामा राख्ने घोषणा गरेको थियो ।

इरानका अनुसार यी कम्पनीहरूले हत्याका योजना बनाउन र ट्र्याकिङ गर्न मुख्य भूमिका खेलिरहेका छन् । इरानले यस्ता कार्यमा संलग्न संस्थाहरूलाई वैध सैन्य लक्ष्य मानिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार