जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य « Khabarhub

जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।

दैनिक उपभोग्य सामग्रीदेखि उपचारका लागि सीमावर्ती भारतीय बजार निर्भर हुनुपरेकाले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिआएको स्थानीय शिक्षक महामलसिंह साउदले बताए।

बर्सातको समयमा डुङ्गाबाट आवतजावत गर्न निकै डर लाग्ने गरेको उनले बताए । तल्लोसोराड क्षेत्रमा ६ भन्दा बढी घाटबाट डुङ्गाबाटै ओहोरदोहोर गर्ने गरिएको छ ।

बर्सातका समयमा पुल नहुँदा डुङ्गाकै भरले महाकाली नदी तर्नुपर्ने बाध्यता रहिआएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

वि.सं २०७४ सालमा पञ्चेश्वर महाकाली नदीमाथि पुल बनाउने भनेर ठेक्का भएको भएपनि भारतले सहमति नदिँदा सो क्षेत्रमा पुल बन्न सकेको छैन ।

अहिले ठेक्का रद्द भइसकेको अध्यक्ष चन्दले बताए। भारतले पञ्चेश्वरको डुबान क्षेत्रमा झोलुङ्गे पुल बन्न लागेको भन्दै सहमति नदिएको बताइएको छ ।

तल्लोसोराड क्षेत्रमा कच्ची सडक भएकाले बर्सातको समयमा हरेक चीजका लागि भारतीय बजारमै निर्भर रहनु परेको छ । महाकाली नदीमा डुङ्गाको भरमा यात्रा गर्न थालेको वर्षौं भएपनि पुल निर्माणका लागि सरकारले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

तल्लोसोराडवासीको पीडा आफूले परराष्ट्र मन्त्रालयमा भनेको भए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ४ : ३२ बजे

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै