कास्की क्षेत्र नं. २ मा विद्यासहित तीन महिला उम्मेदवारको भिडन्त | Khabarhub Khabarhub

कास्की क्षेत्र नं. २ मा विद्यासहित तीन महिला उम्मेदवारको भिडन्त


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मंगलबारसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ ।

भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै राजनीतिमा सक्रिय हुँदै आएकी छिन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वाचित भएकी थिइन् ।

त्यसयता निरन्तर राजनीतिमा सक्रिया उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन् । २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य बनेकी हुन् ।

२०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरेकी हुन् । त्यसयता सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा रहेकी उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

त्यसैगरी साझा पार्टीले काङ्ग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसीलाई उम्मेदवार बनाएको छ । सामाजिक अभियन्तासमेत रहेकी केसी सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगयतको नेतृत्व सम्हाल्नुका साथै पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजनीमा दिएर राजनीतिमा सक्रियता बन्दै आएकी हुन् ।

केही समयअघि मात्रै साझा पार्टी प्रवेशसँगै केन्द्रीय सदस्य बनेकी केसीलाई यही कात्तिक ६ गते पार्टीको नेतृत्वले प्रतिनिधिसभा सदस्यका रुपमा केसीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो ।

त्यसैगरी, विवेकशील नेपाली दल पार्टीले मंगलबार नै पत्रकार सम्मेलन गरेर अधिकारकर्मी जमुना शर्मालाई आफ्नो पार्टी उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।

शर्मा लामो समयदेखि मनोसामाजिक परामर्शदाता रुपमा कार्यरत हुनाका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध छन् ।

कास्कीमा हालसम्म पाँच दलले उम्मेदवार सार्वजनिक गरेका छन् । समाजवादी पार्टीले धनराज गुरुङ र राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।

यद्यपि आजसम्म पनि नेपाली काङ्ग्रेसले जिल्लाबाट १६ जनालाई सिफारिस गरे पनि आजसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । तत्कालीन पर्यटनमन्त्रीको गृह जिल्ला रहेको यस क्षेत्रलाई सबैले चासोपूर्वक नियाँलिरहेका छन् ।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीका अनुसार हालसम्म निर्वाचन आयोगमा १२८ दल दर्ता छन् । त्यसमा प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने दल ९५ र स्थानीय तहमा मात्र भाग लिने दल ७८ रहेका छन् । प्रतिनिधि, प्रदेश र स्थानीय गरी तीनै तहमा भाग लिन पाउने ९२ दल रहेको उनले जानकारी दिए ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा ९२ दलले सहभागी रहेको उनको भनाइ छ । यस वर्ष मात्रै निर्वाचन आयोगमा १६ दल दर्ता भएका छन् । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेको र ३२ स्थल ८२ केन्द्र रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ०३ बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ