मेस्सीले गोल गर्न नसक्दा बार्सिलोना र स्लाभियाको बराबरी | Khabarhub Khabarhub

मेस्सीले गोल गर्न नसक्दा बार्सिलोना र स्लाभियाको बराबरी


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र स्लाभिया प्रागले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो । च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।

बार्सिलोनाका करिब आधा दर्जन प्रहार असफल भएका थिए । समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो ।

इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट मात्र ८ अंक बटुल्न सक्यो । बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ । प्राग टिमको २ अंक छ ।

स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमण्डसंग खेल्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ४० बजे

कम्बोडियाद्वारा ‘ई–चुरोट’ को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी

नोमपेन्ह– कम्बोडियाको स्वास्थ्य मन्त्रालयले शनिबार मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन

बाँकेको जमुनाहा नाका बन्द

खजुरा– बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको

चापाकल सुकेसँगै वीरगञ्जमा खानेपानीको अभाव

वीरगञ्ज– वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

किएभ– मस्कोले भूमिगत आक्रमण सुरु गरेको एक दिनपछि युक्रेनको खार्किभ

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जनाको मृत्यु

किमाथांका– सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी