मेस्सीले गोल गर्न नसक्दा बार्सिलोना र स्लाभियाको बराबरी « Khabarhub

मेस्सीले गोल गर्न नसक्दा बार्सिलोना र स्लाभियाको बराबरी


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र स्लाभिया प्रागले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो । च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।

बार्सिलोनाका करिब आधा दर्जन प्रहार असफल भएका थिए । समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो ।

इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट मात्र ८ अंक बटुल्न सक्यो । बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ । प्राग टिमको २ अंक छ ।

स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमण्डसंग खेल्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ४० बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात