हेलास भेरोनालाई कारबाही, एक खेल समर्थकविनाको रंगशालामा खेल्नुपर्ने | Khabarhub Khabarhub

हेलास भेरोनालाई कारबाही, एक खेल समर्थकविनाको रंगशालामा खेल्नुपर्ने


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ‘ए’ क्लब हेलास भेरोना कारबाहीमा परेको छ । यो क्लबले घरेलु मैदानमा हुने एक खेल समर्थकबिना बन्द रंगशालामा खेल्नु पर्ने भएको छ ।

भेरोनाका समर्थकहरुले ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई रंगभेदीय दुर्व्यवहार गरेपछि सिरी ‘ए’ फुटबलले भेरोनालाई कारबाहीस्वरूप एक खेल बन्द रंगशालामा खेल्न निर्देशन दिएको छ ।

यस्तै भेरोनाले बालोटेलीलाई दुर्व्यवहार गर्ने आफ्ना समर्थकहरुलाई ११ वर्षको प्रतिबन्ध लगाएको छ। सिरी ‘ए’ लिग अन्तर्गत आइतबार राति भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई दुर्व्यवहार भएको थियो ।

भेरोनाको घरेलु मैदानमा विपक्षी टिमका समर्थकले उनलाई दुर्व्यवहार गरेका थिए । जसको कारण खेल केहि समय रोकिएको थियो ।

भेरोनाका समर्थकले बादरको जस्तो आवाज निकाल्दै बालोटेलीलाई जिस्काएका थिए । विपक्षी समर्थकको दुर्व्यवहारपछि बालोटेलीले ५४ औं मिनेटमा बल टिपेर समर्थकतर्फ प्रहार गरेका थिए । र, मैदानको पिच बाहिर निस्किएका थिए । उक्त खेलमा भेरोनाले २-१ को जित निकालेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५९ बजे

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक– संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका

आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन्

मुस्लिम बहुल कश्मिरमा भाजपाले चुनाव नलड्ने

नयाँ दिल्ली – सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कश्मिरमा