हेलास भेरोनालाई कारबाही, एक खेल समर्थकविनाको रंगशालामा खेल्नुपर्ने « Khabarhub

हेलास भेरोनालाई कारबाही, एक खेल समर्थकविनाको रंगशालामा खेल्नुपर्ने


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ‘ए’ क्लब हेलास भेरोना कारबाहीमा परेको छ । यो क्लबले घरेलु मैदानमा हुने एक खेल समर्थकबिना बन्द रंगशालामा खेल्नु पर्ने भएको छ ।

भेरोनाका समर्थकहरुले ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई रंगभेदीय दुर्व्यवहार गरेपछि सिरी ‘ए’ फुटबलले भेरोनालाई कारबाहीस्वरूप एक खेल बन्द रंगशालामा खेल्न निर्देशन दिएको छ ।

यस्तै भेरोनाले बालोटेलीलाई दुर्व्यवहार गर्ने आफ्ना समर्थकहरुलाई ११ वर्षको प्रतिबन्ध लगाएको छ। सिरी ‘ए’ लिग अन्तर्गत आइतबार राति भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई दुर्व्यवहार भएको थियो ।

भेरोनाको घरेलु मैदानमा विपक्षी टिमका समर्थकले उनलाई दुर्व्यवहार गरेका थिए । जसको कारण खेल केहि समय रोकिएको थियो ।

भेरोनाका समर्थकले बादरको जस्तो आवाज निकाल्दै बालोटेलीलाई जिस्काएका थिए । विपक्षी समर्थकको दुर्व्यवहारपछि बालोटेलीले ५४ औं मिनेटमा बल टिपेर समर्थकतर्फ प्रहार गरेका थिए । र, मैदानको पिच बाहिर निस्किएका थिए । उक्त खेलमा भेरोनाले २-१ को जित निकालेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५९ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात