मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा « Khabarhub

मस्तिष्कको क्षमता बढाउन खानुहोस ६ खानेकुरा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मानिसलाई निर्देश गर्ने मस्तिष्क हो । मस्तिष्ककै निर्देशनमा मानिसले आफ्नो जीवन चलाउने गर्दछन् । त्यसैले सबैको चाहना मस्तिष्कको विकास गर्दै क्षमता बढाउने सोच हुन्छ ।

मानिसको स्मरणशक्ति विकास गर्ने र मस्तिष्कको क्षमता विकास गर्नका लागि ओमेगा–३ एसिड राम्रो मानिन्छ । यति मात्र नभई भिटामिन ई पनि शरीरका स्मरण क्षमता विकास गर्न लागि आवश्यक तत्व हो ।

सामान्यतया मानिसहरू भिटामिन ई को सेवन अनुहार तथा कपाल राम्रो बनाउनका लागि राम्रो हुन्छ भनेर ठान्दछन् । तर, यो तत्व मस्तिष्कको क्षमता विकास गर्न आवश्यक हुन्छ । एक व्यक्तिका लागि दैनिक १५ मिलिग्राम भिटामिन ईको सेवन आवश्यक हुन्छ । यी हुन् भिटामिन ई प्राप्त हुने आहारहरू जसले हाम्रा मस्तिष्कको क्षमता विकास गर्न मद्दत गर्दछ ।

ब्रोकाउली
सबैभन्दा राम्रो पौष्टिक तत्व हुने आहारको रुपमा ब्रोकाउलीलाई लिइन्छ । यसमा अधिक मात्रामा भिटामिन्स, मिनरल्स तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ साथसाथै क्यालोरीको मात्रा पनि कम हुन्छ ।

ब्रोकाउलीमा भिटामिन ई को मात्रा पनि उत्तिकै हुने गर्दछ । एक कप ब्रोकाउलीमा १.६ मिलिग्राम भिटामिन ई पाउन सकिन्छ । यसका अलावा यसमा फाइबर पनि हुने गर्दछ । यसको प्रयोग सलाद, सब्जी तथा अन्य भोजन तयार गर्दा समेत प्रयोग गर्न सकिन्छ ।

पालक साग
पालकको सागमा भिटामिन ईका साथसाथै आइरन(फलाम)को मात्रा पनि राम्रो हुने गर्दछ । यसले मस्तिष्कको क्षमता विकासका साथसाथै शरीरको रगत बढाउनसमेत मद्दत गर्दछ ।

एक कप पालकको सागमा दैनिक आवश्यकताको ३ प्रतिशत भिटामिन ई पाउन सकिन्छ । यसका साथसाथै पालकमा राम्रो मात्रामा अन्य पोषक तत्व र एन्टीअक्सिडेन्ट्स हुने गर्दछ ।

बदाम
बदामको समूहमा पर्ने बदाम, ओखर, काजुजस्ता चिजहरूमा प्रशस्त मात्रामा भिटामिन ई हुने गर्दछ । यसले शरीरमा भिटामिन ई को मात्रा पूरा गर्न मद्दत गर्दछ । दैनिक १ मुठी बदाम खान सकेमा यो शरीरका लागि फाइदाजनक सावित हुन्छ ।

एभोकाडो
एभोकाडो एउटा यस्तो फाइदाजनक फल हो जसमा भिटामिन ईका साथसाथै एन्टीअक्सिडेन्ट्सको मात्रा पनि उत्तिकै हुन्छ । यसले मस्तिष्क, अनुहार तथा कपाललाई समेत फाइदा गर्दछ ।

एक कप काटेको एभोकाडोमा दैनिक आवश्यकताको २१ प्रतिशत भिटामिन ई प्राप्त गर्न सकिन्छ । स्वास्थ्यप्रति गम्भीर हुने जोसुकैले पनि एभोकाडोलाई आफ्नो भोजनमा समावेश गर्न छुटाउँदैनन् ।

सूर्यमुखीको बिउ
सूर्यमुखीको बिउमा पनि पर्याप्त मात्रामा भिटामिन ई हुने गर्दछ । एकचौथाई सूर्यमुखीको बिउमा ७.४ मिलिग्राम भिटामिन ई हुने गर्दछ, जुन हाम्रो दैनिक आवश्यकताको ३७ प्रतिशत हो ।

यसका अलावा सूर्यमुखीको तेल हामी कपालका लागि समेत प्रयोग गर्न सक्छौं ।

ओलिभ तेल
यसमा पनि प्रशस्त भिटामिन ई हुने गर्दछ । यो तेल स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ । एकपटक भोजन तयार गर्दा प्रयोग गरिने यो तेलमा शरीरलाई आवश्यक पर्ने कुल भिटामिन ईको १३ प्रतिशत भिटामिन पाउन सकिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ०९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन