पिनास हुँदा के खाने के नखाने ? | Khabarhub Khabarhub

पिनास हुँदा के खाने के नखाने ?


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पिनास भनेको नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वास प्रश्वासमा बाधा पुर्‍याउने एक किसिमको रोग हो । जसलाई ‘साइनोसाइटिस’ पनि भनिन्छ ।

साइनोसाइटिस साइनस (sinus) हरुको इन्फ्लामेसन (जलन) हो । साइनस भन्नाले टाउको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।

विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसनको आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टल साइनस (Frontal sinus) – निधारमा हुन्छ ।
२) म्याक्जिलरी साइनस (Maxillary sinus) – दुवैतिर गालाको भित्री भागमा ।

३) इथमोइडल साइनस (Ethmoidal sinus) – आखाँहरुको बीचमा ।
४) स्फेनोइडल साइनस (Sphenodal sinus) – इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन्:

१) एक्युट साइनोसाइटिस (पिनास): ३० दिन भन्दा कमको पिनास/१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

२) क्रोनिक साइनोसाइटिस (पिनास): ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

रोग प्रतिरोध क्षमतामा कमी, नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं शारीरिक तनावका कारण पिनास हुन्छ ।

लक्षण

नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन ।

पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु आउन सक्छन् ।  नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन आदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।

पिनास हुँदा खान नहुने कुराहरु

पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ ।

मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

पिनास हुँदा खानु पर्नेे कुराहरु

पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ ।

हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

पिनासबाट बच्ने उपाय :

तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसो मौसमबाट बच्ने नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने, नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने,दुग्ध पदार्थ अत्यन्त कम खाने ।

भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने, नियमित प्राणयाम तथा व्यायाम गर्ने, अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने,धूम्रपान त्याग्ने ।

त्यस्तै तुलसी एवं बेसार पानी पिउने र बाफ लिने, उपयोगी जडिबुटीहरु, बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली खाँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।

यी हुन् उपचार विधि 

घरेलु उपचार
बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ । चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने -सिंधे नुन अदुवा, हरिद्रा आदि तातो पानीसंग पिउने आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवा सुघ्ने पटक पटक मनतातो पानी पिउने

आयुर्वेदिक उपचार
तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।

स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन सकिन्छ ।

योग/प्राणयाम
रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ०५ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने