कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा ! « Khabarhub

कुमारी छोरीसँग बिहे गर्नेलाई साँढे ३ करोड इनाम दिने घोषणा !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरुका अनेक सोच तथा चाहना हुन्छन् । सुन्दा पत्याउन मुस्किल पर्छ । बेलाबखत यस्तै अनौठा घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।

एउटा विचित्रको घटना सार्वजनिक भएको छ जहाँ एक धनाढ्यले आफ्नी कुमारी छोरीसँग विहे गर्नेलाई साँढे ३ करोडको इनाम दिने घोषणा गरेका छन् ।  छोरीको बिहे गराउनका लागि थाइल्याण्डका एक धनाढ्य व्यापारीले अनौठो घोषणा गरेका हुन् ।

कन्याकुमारी छोरीसँग विवाह गर्ने केटालाई उनले उल्टै इनामस्वरुप २ लाख ४० हजार पाउण्ड (झण्डै ३ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

तर ती व्यापारीले आफ्नी छोरीसँग बिहे गर्ने केटामा तीन योग्यता हुनुपर्ने सर्त राखेका छन् । पहिलो सर्त- केटा स्मार्ट हुन जरुरी नभए पनि पढ्न लेख्न जानेको हुनुपर्ने । दोस्रो- केटा मेहनती तथा लगनशील हुनुपर्ने । तेस्रो- केटा कन्जुस र फलहरूलाई माया गर्ने हुनुपर्ने ।

अर्नोन राडथोंग नामक ती धनाढ्य व्यापारीले आफ्नी कुमारी छोरी कार्नसितासँग बिहे गर्नेलाई सो इनाम दिने घोषणा गरेका हुन् । थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोनका ती व्यापारीले छोरी अहिलेसम्म कुमारी नै रहेको र आफूसँगै व्यापारमा सघाउँदै आएको बताएका छन् ।

उनकी छोरी कर्निता  २६ वर्ष नाघेको उनले बताएका छन् । स्नातक तहसम्म पढेकी उनी चिनियाँ र अंग्रेजी भाषा बोल्नमा सक्षम रहेको उनको दाबी छ । छोरीको बिहे हुन नसकेको चिन्ताले गर्दा ५८ वर्षका ती व्यापारी अर्नोनले यस्तो घोषणा गरेका हुन् । उनले आफू एक कृषि फार्मकाे मालिक रहेको बताएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : २५ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर