हरिबोधनी एकादशीमा सार्वजनिक बिदा « Khabarhub

हरिबोधनी एकादशीमा सार्वजनिक बिदा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘मूलखर्क भीमसेनस्थानमा हुने जात्राका लागि सार्वजजिक बिदा दियौँ’, उनले भने । उनका अनुसार उक्त जात्रा कोशीपारि क्षेत्रको प्रमुख र ठूलो मानिदै आएको छ ।

‘भ्रमण वर्ष–२०२०’ लक्षित वडा नं १ सापिङमा अवस्थित मूलखर्क भीमसेनस्थान जात्राका अवसरमा यही कात्तिक २२ र २३ गते सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ ।

गाउँपालिकाको उचाइमा अवस्थित रमणीय भीमसेनस्थानबाट सूर्योदय–सूर्यास्त, गणेश, जुगल, गौरीशङ्कर हिमाल अवलोकन तथा छिमेकी जिल्ला नियाल्न सकिने भएकाले पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको संयोजक किशोर बुढाथोकीले बताए ।

सांस्कृतिक महोत्सवमा स्थानीय संस्कृति झल्किने प्रस्तुतिका साथै उत्पादनको बिक्री तथा स्थानीय अग्र्यानिक तयारी खाद्य पदार्थका खाद्य कक्षसमेत राखिने आयोजकले जनाएको छ ।

हरिबोधनी एकादशी मेलाका दिन जिल्लाको खानीखोला गाउँपालिका–३ जुरेमा जुरे एकता युवा समाजले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक आशिष सिङ्तानले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : १० बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी