पर्यटन वर्षलाई स्वागत गर्न सडक किनारमा यसरी फुलाइयो फूल | Khabarhub Khabarhub

पर्यटन वर्षलाई स्वागत गर्न सडक किनारमा यसरी फुलाइयो फूल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हामी पर्यटन वर्षको संघारमा आइपुगेका छौं । प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले पर्यटकको स्वागत गर्ने तयारीमा लागिपरेका छौं ।

कतै भत्किएका सम्पदाहरु पुनर्निर्माण भइरहेका छन् त कतै नयाँ संरचना बनिरहेका छन् । त्यस्तै कतै सडकमै ढकमक्क फूल फुलिरहेका छन् ।

यसैबीच लुम्बिनी भ्रमणवर्षलाई लक्षित गर्दै पहिलो पटक बुटवलका सडकमा गरिएको पुष्पखेती शुरु भएको छ ।

बुटवलदेखि लुम्विनीसम्मका सडक यतिबेला फूलले रंगीचंगी बनेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि ३ महिनाअघि सडक पुष्प खेती शुरु गरिएको थियो । गर्न सकेमा सडकमै फूल फुलाउन सकिन्छ भन्ने उदाहरण समेत बनेको छ यो सडक ।

यो सडक पुष्प खेतीले लुम्विनी भ्रमण वर्षसँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि ठूलो सहयोग पुग्ने बुटवलवासीको अपेक्षा छ ।

यस प्रदेशमा पर्ने लुम्विनी, तिलौराकोट, जितगढी किल्ला, पाल्पा दरवार, रानी महल, रेसुङ्गा डाँडा सुपा देउराली, स्वर्गद्वारी त्रिवेणी लगायतका दर्जनौं पर्यटकीय स्थल यस प्रदेशभित्र पर्दछन् ।

तस्वीर : रमेश पाण्डे

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ०० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति