पर्यटन वर्षलाई स्वागत गर्न सडक किनारमा यसरी फुलाइयो फूल « Khabarhub

पर्यटन वर्षलाई स्वागत गर्न सडक किनारमा यसरी फुलाइयो फूल


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हामी पर्यटन वर्षको संघारमा आइपुगेका छौं । प्राकृतिक, धार्मिक र साँस्कृतिक हिसाबले पर्यटकको स्वागत गर्ने तयारीमा लागिपरेका छौं ।

कतै भत्किएका सम्पदाहरु पुनर्निर्माण भइरहेका छन् त कतै नयाँ संरचना बनिरहेका छन् । त्यस्तै कतै सडकमै ढकमक्क फूल फुलिरहेका छन् ।

यसैबीच लुम्बिनी भ्रमणवर्षलाई लक्षित गर्दै पहिलो पटक बुटवलका सडकमा गरिएको पुष्पखेती शुरु भएको छ ।

बुटवलदेखि लुम्विनीसम्मका सडक यतिबेला फूलले रंगीचंगी बनेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि ३ महिनाअघि सडक पुष्प खेती शुरु गरिएको थियो । गर्न सकेमा सडकमै फूल फुलाउन सकिन्छ भन्ने उदाहरण समेत बनेको छ यो सडक ।

यो सडक पुष्प खेतीले लुम्विनी भ्रमण वर्षसँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि ठूलो सहयोग पुग्ने बुटवलवासीको अपेक्षा छ ।

यस प्रदेशमा पर्ने लुम्विनी, तिलौराकोट, जितगढी किल्ला, पाल्पा दरवार, रानी महल, रेसुङ्गा डाँडा सुपा देउराली, स्वर्गद्वारी त्रिवेणी लगायतका दर्जनौं पर्यटकीय स्थल यस प्रदेशभित्र पर्दछन् ।

तस्वीर : रमेश पाण्डे

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका