नौ वर्षको उमेरमा बलात्कृत ‘ओप्रा विन्फ्रे’ पछि खर्बपति बनिन् | Khabarhub Khabarhub

नौ वर्षको उमेरमा बलात्कृत ‘ओप्रा विन्फ्रे’ पछि खर्बपति बनिन्


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनवरी २९, १९५४ मा मिसिसिपीको एक विगा गाउँमा जन्मिएकी ‘ओप्रा विन्फ्रे’ जो ९ बर्षको उमेरमा आफ्नै दाजुद्वारा बलात्कृत भईन् ।

त्यतिमात्र होइन १० देखि १४ वर्षको उमेरसम्म उनले आफ्नै अंकल, दाजु, नातेदारबाट शारीरिक दुव्र्यवहार सहनु पर्‍यो । उनी १४ वर्षको कलिलोे उमेरमा गर्भवती समेत भइन् । तर, दुर्भाग्यवश उनको बच्चा जन्मिने बित्तिकै मृत्यु भयो । तर तिनै फुच्ची २० औँ शताब्दीकी सर्वाधिक धनी एफ्रो–अमेरिकन ‘ओप्रा विन्फ्रे’ का रुपमा स्थापित भईन् ।

उनले आफ्नो करियर १९ वर्षको उमेरदेखि स्थानीय रेडियोमा साँझको समाचार भनेर शुरु गरिकी थिइन् । सन् १९८६ देखि २०११ सम्म ‘द ओप्रा विन्फ्रे शो’ चलाएर आफूलाई ग्लोबल स्टार का रुपमा स्थापित गरिन् ।

तिनै विन्फ्रेका केही भनाईहरु हामीले यहाँ उल्लेख गरेका छौं । जुन तपाईंका लागि प्रेरणाको स्रोत बन्न सक्छन् ।

– तिमीले जब आफ्नो कामलाई महत्व कम दिन थाल्छौं, तब संसारले तिमीलाई कम महत्व दिन थाल्छ ।

– तिमी आफूसँग जे छ त्यसमा कृतज्ञ बन, परिणाम त्यसको दोब्बर पाउने छौँ । तर आफूसँग जे छैन त्यसमा ध्यान दियौ भने तिमीले पाउनु पर्ने जति पनि पाउँदैनौ ।

– आफूलाई लागेको वा परेको चोटलाई सँधै चेतनामा परिवर्तन गर ।

– तिमी आफ्नो वरिपरि त्यस्तो मान्छेमात्र राख, जसले तिमीलाई माथि उठ्न सँधै प्रेरित गरिरहोस् ।

– एउटा कुरा याद राख की तिमी जे चाहान्छौ, त्यो कुनै पनि हालतमा हुँदैनौ तर तिमी जे विश्वास गर्छौ त्यो चाहिँ पक्का हुन्छौ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : १० बजे

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार