स्मार्टफोनका लागि एडोबले क्यामेरा एप ल्याउने, यस्ता छन् फिचर « Khabarhub

स्मार्टफोनका लागि एडोबले क्यामेरा एप ल्याउने, यस्ता छन् फिचर


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फोटो इडिटिङको लागि परिचित सफ्टवेयर हो एडोब फोटोसप । यही फोटोसप सफ्टवेयर निर्माता कम्पनी एडोबले स्मार्टफोनको लागि क्यामेरा एप सार्वजनिक गर्ने घोषणा गरेको छ । एडोबले गत सोमबार ब्लगमार्फत यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो एप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको हुनेछ । जसका कारण एपले फोटो खिच्दाखेरी वस्तु चिन्नुको साथै तस्विरको प्रकाश र रंग संयोजन गरी उत्कृष्ट बनाउनेछ ।

एडोबले अहिले थोरै संख्यामा आईओएस र एन्ड्रोइड स्मार्टफोनमा यसको प्रयोग भइरहेको जानकारी दिएको छ । एआईको प्रयोग गरिएको हुनाले अन्य क्यामेराको तुलनामा यसले बढी सुन्दर तस्विर खिच्ने कम्पनीको दाबी छ ।

एडोबका अनुसार धेरै कलाकारहरूले बनाएका विभिन्न खालका फिल्टर पनि क्यामेरामा प्रयोग गरिनेछ । ती फिचरहरू प्रयोगकर्ताले फोटोमा प्रयोग गर्न सक्नेछन् । एडोबले सार्वजनिक गरेका केही स्क्रिनसटमा देखाइए अनुसार यसमा बढी कलात्मक पेन्टिङजस्ता फिल्टरहरु प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : २७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित