एमसीसीविरुद्ध नेपाललाई चौथो विकेटको सफलता « Khabarhub

एमसीसीविरुद्ध नेपाललाई चौथो विकेटको सफलता


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर- नेपालले इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीविरुद्धको तीन दिवसीय क्रिकेटमा ४ विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा एमसीसीले ४ विकेटको क्षतिमा ६० ओभर खेल्दै २३३ रन जोडेको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको एमसीसीको विकेट लिने क्रममा नेपालका सोमपाल कामी र शरद भेषावकरले समान २-२ विकेट लिएका छन् ।

क्रिजमा अहिले विल भन्डरस्पर ३७ तथा ईडी योङ्ग १५ रनका साथ छन् ।

पहिलो विकेटको रुपमा वेली गोल्डम्यानलाई १० रनमा पभेलियन पठाएका सोमपालले दोस्रो विकेटको रुपमा विल रोड्सलाई बोल्ड आउट गरे ।

विल रोड्स ७३ रन बनाएर आउट भएका हुन् । टम वेस्टलीले ३९ रन जोड्दा माइल्स हामोण्डले ५२ रन बनाए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : ४४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने