एक वर्षमा २ अर्व बढी बचत गर्ने नेपाल वायू सेवा निगमको लक्ष्य « Khabarhub

एक वर्षमा २ अर्व बढी बचत गर्ने नेपाल वायू सेवा निगमको लक्ष्य


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायूसेवा निगमले नेपाल एयरलाइन्सका विभिन्न उडानबाट एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने बताएको छ ।

निगमले बुधबार काठमाडौंमा असोज महिनासम्म भएका कामकारबाही बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरी सेवामा सुधार र खर्चमा कटौती गरि २ अर्ब बचत गर्ने जनाएको हो ।

सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले खासगरी खर्च कटौती र गन्तव्य विस्तारका माध्यमबाट उक्त बचत हुने आँकलन गरिएको बताए ।

अध्यक्ष खरेलका अनुसार जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएकाले किटको मूल्य कटौति गर्न सघाउ पुग्नेछ । अर्कोतर्फ रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उनको भनाइ छ ।

त्यस्तै इन्जिनियरिङ विभागका माध्यमबाट धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेकाले पनि खर्च घटाउन भूमिका खेल्ने दाबी गरे ।

निगमले एक वर्षको अवधिमा ठूलो जहाजमा १५ जना पाइलट तयार पारेको पनि बताएको छ । जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको उनले बताए ।

निगमले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी गरेको जनाएको छ ।

नेपालका तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको जानकारी दिए । निगमले लामो समयपछि ३–४ वटा भिभिआइपी उडानहरु गर्न सफल भएको, जापानको नारिता विमानस्थमा विगतमा चार्टड उडान मात्र हुने गरेको र अहिले पहिलो पटक व्यापारिक उडान गरेको दाबी गरेको छ ।

निगमले आपतकालीन उद्धारका लागि पनि विभिन्न किसिमका अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रविधि र सेवाको विस्तार गरेको बताएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : २२ बजे

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच