खेर त जाँदैन ‘प्रेम गीत ३’ को कसरत ? यसकारण छ मेकरलाई थप दबाब ! « Khabarhub

खेर त जाँदैन ‘प्रेम गीत ३’ को कसरत ? यसकारण छ मेकरलाई थप दबाब !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ को टिम केही समययता वर्कशपमा व्यस्त छ । शीर्ष कलाकारहरु फिल्मलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर निरन्तर लागिपरेका छन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्म कस्तो बन्नेछ भन्नेमा दर्शकलाई पनि उत्तिकै चासो छ ।

फिल्म छायांकनका लागि भन्दै फिल्म युनिटले शूटिङ सेट निर्माण गरिरहेको छ । शीर्ष अभिनेता प्रदीप खड्काले जिम गरेर ज्यान बनाइरहेका छन् । नवनायिका कृष्टिना गुरुङ पनि यो फिल्मका लागि उत्तिकै लागिपरेकी छिन् ।

निर्माण टिमले फ्लोरमा नजाँदै निकै दुःख गरेको छ । खबरका अनुसार फिल्मको बजेट मात्र ३ करोडभन्दा बढी लाग्ने देखिएको छ । जबकि, नेपाली फिल्म उद्योगमा यति महंगोमा कमै फिल्म निर्माण हुने गर्छन् । किनकि, औसत फिल्मलाई यति लगानी उठाउन गाह्रो पर्छ ।

यसअघि रिलिज भएका दुई भाग ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ का तुलनामा यो फिल्मको कहानी त बिल्कुलै फरक हुनेछ । तर, फिल्मको मेकिङ कस्तो हुनेछ भन्नेमा धेरैको चासो छ ।

प्रदीप खड्काले ‘प्रेम गीत’ सिरिजमा बाहेक अरु हिट फिल्म दिन सकेका छैनन् । यता निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्म ‘मेरी मामु’ ले पनि लगानी रिकभर गर्न सकेन । ‘डमरुको डन्डिबियो’ मा छेतेन गुरुङ पनि चिप्लिए ।

यता यही चलचित्रबाट डेब्युमा उत्रिएका कलाकार मनिष राउत र क्रिष्टिना गुरुङलाई पनि पहिलो फिल्मबाटै चर्चामा आउनुपर्ने दबाब छ किनकि यो फिल्म आफैमा ब्राण्ड बनिसकेको छ ।

दर्शकलाई पनि यो फिल्म राम्रो बन्नेछ भन्नेमा केही हदसम्म आशा छ । त्यसो त नयाँ वर्षलाई रिलिज मिति तोकेका कारण ‘प्रेम गीत ३’ लाई अर्को पनि दबाब छ । किनकि, यो रिलिज मितिमा अरु निर्माताले पनि आफ्नो फिल्म रिलिज गर्न चाहिरहेका छन् ।

चारैतिरबाट दबाबमा झेलिएको ‘प्रेम गीत ३’ स्तरीय बन्यो भने त सबैलाई राहत होला । तर, यत्रो हल्लाखल्ला र कसरत गरिरहेको फिल्म फ्याट्ट चिप्लियो भने ठूलो धक्का लाग्ने पक्का छ । अब फिल्म कस्तो बन्ने छ भन्ने थाहा पाउन त दर्शकले लामै समय कुर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ०९ बजे

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय