चलचित्र महोत्सव बिहीबारदेखि शुरु हुँदै « Khabarhub

चलचित्र महोत्सव बिहीबारदेखि शुरु हुँदै


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि वीरगंजमा तीनदिने नेपाली चलचित्र महोत्सव शुरु हुँदैछ ।

नेपाल चलचित्र निर्माता संघले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिए । उनले भने, “यो महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने छ ।”

नेपाली भाषी चलचित्रले तराई–मधेशमा वर्चस्व कायम राख्न नसकेको अवस्थामा दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताए ।

उपत्यका बाहिर पहिलो पटक यस आर्थिक नगरमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्नाका साथै भारतीय लोकप्रिय कलाकार गोविन्दासमेत सहभागी हुने भएकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरे ।

महोत्सवमा नेपाली चलचित्रका पुराना हस्ती शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायत नेपाली चलचित्रसँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने उपसंयोजक हरि पन्तले बताए ।

स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ। एक रु करोड २० लाख खर्च हुने अनुमान गरिएको सो महोत्सवका लागि प्रदेश नं २ को सरकारले रु १० लाख, वीरगञ्ज महानगरपालिकाले रू १५ लाख र प्रादेशिक पर्यटन प्रवर्धन समितिलेसमेत केही रकम उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५० बजे

राष्ट्रपति चुनावले चर्चामा सत्ता गठबन्धनको भविष्य

काठमाडौँ : माओवादीले स्पष्ट रुपमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौँ- सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका

सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले एकल

पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४० जनाको ज्यान गएको