चलचित्र महोत्सव बिहीबारदेखि शुरु हुँदै « Khabarhub

चलचित्र महोत्सव बिहीबारदेखि शुरु हुँदै


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि वीरगंजमा तीनदिने नेपाली चलचित्र महोत्सव शुरु हुँदैछ ।

नेपाल चलचित्र निर्माता संघले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिए । उनले भने, “यो महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने छ ।”

नेपाली भाषी चलचित्रले तराई–मधेशमा वर्चस्व कायम राख्न नसकेको अवस्थामा दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताए ।

उपत्यका बाहिर पहिलो पटक यस आर्थिक नगरमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्नाका साथै भारतीय लोकप्रिय कलाकार गोविन्दासमेत सहभागी हुने भएकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरे ।

महोत्सवमा नेपाली चलचित्रका पुराना हस्ती शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायत नेपाली चलचित्रसँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने उपसंयोजक हरि पन्तले बताए ।

स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ। एक रु करोड २० लाख खर्च हुने अनुमान गरिएको सो महोत्सवका लागि प्रदेश नं २ को सरकारले रु १० लाख, वीरगञ्ज महानगरपालिकाले रू १५ लाख र प्रादेशिक पर्यटन प्रवर्धन समितिलेसमेत केही रकम उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५० बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको