गण्डकी मेडिकल कलेजका सीइओ र परीक्षा नियन्त्रक पक्राउ | Khabarhub Khabarhub

गण्डकी मेडिकल कलेजका सीइओ र परीक्षा नियन्त्रक पक्राउ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी मेडिकल कलेजका सीइओ लक्ष्मण शर्मा र परीक्षा नियन्त्रक सन्तोष खनाल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको आदेशमा जिल्ला प्रहरी कार्यलयको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

विद्यार्थीहरुले भर्नामा सरकारले तोकेको भन्दा बढी शूल्क कलेजले लिएको भन्दै मंगलबार प्रहरीमा ठगी आरोपमा उजुरी दिएका दिए । विद्यार्थीहरुले ठगीकै आरोपमा कलेज संचालकको सम्पति छानविन गर्न माग गर्दै मंगलबार सुद्दीकरण विभागमा समेत उजुरी दिएका थिए ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको भएपनि कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल तथा भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर विद्यार्थीहरू फागुन १ गतेबाट चरणवद्ध  आन्दोलनमा छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ५६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले