कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान! | Khabarhub Khabarhub

कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान!


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौंमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपचारबाट बालबालिकाको उपचार भइरहेको खबर नयाँ पत्रिकामा छ ।

देशको केन्द्रीय बाल अस्पतालमा एक्सरे पनि १५ वर्ष पुरानो मेसिनबाट हुने गरेको छ। ज्सले निमोनिया भए–नभएको पनि निश्चित गर्न सक्दैन । अस्पतालमा उपकरण थप्न बजेट माग गरेपनि गत वर्ष सरकारले २ करोड ६४ लाख बजेट घटाइदिएको अस्पतालले जनाएको छ ।

यस विषयमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पत्यारोपण केन्द्रको क्याथ ल्याब सञ्चालन नभएको विषयमा अध्ययन गर्न टोली खटाइसकेको र अन्य अस्पतालको पनि छानबिन गर्न समिति बनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओली १० घण्टापछि अस्पतालबाट डिस्चार्ज भएको, प्रधानमन्त्रीलाई आराम गर्न चिकित्सकले सुझाव दिएको । तर, प्रधानमन्त्रीले आज (बिहीबार) हुने श्रद्धाञ्जलीसभामा जानै पर्ने बताएको खबर प्राथमिकताका साथ छापिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ६ : २१ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड