राष्ट्रपति किन सधैं विवादमा ? संसदले रोकेन अदालतले रोक्यो « Khabarhub

राष्ट्रपति किन सधैं विवादमा ? संसदले रोकेन अदालतले रोक्यो


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपतिको सवारीको विषयलाई लिएर सर्वसाधारणले गरेको विरोधको प्रसंगलाई नागरिक दैनिकले प्रमुखताका साथ छापेको छ । सर्वसाधारणले सवारीका लागि भनेर सडकमा गाडी चलाउन रोक लगाइएपनि आक्रोशित सर्वसाधारणले निषेधको अवज्ञा गरेका थिए । सेना दिवसको अवसरमा आयोजित रात्रिभोजमा सहभागी हुन जानेक्रममा राष्ट्रपतिको सवारी हुने सडकमा लामोसमय सवारीका साधन सञ्चालनमा रोक लगाइएको थियो ।

त्यस्तै कारागारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनाका दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

त्यसैगरी बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल शीर्षकको समाचारमा संवैधानिक परिषदबाट मुस्लिम आयोगको अध्यक्ष पदमा सिफारिस भएपछि नागरिकतालगायत विवादमा तानिएका समीम अन्सारी संसदीय सुनुवाइ समितिमा नेकपाका अधिकांश सांसदले नचाहँदानचाहँदै पनि अनुमोदन हुने सम्भावना बढेको छ ।

अन्सारीलाई अस्वीकृत गर्न नेकपा एक्लैको दुई तिहाई पुग्दैन । त्यस्तै नेकपाका सांसदहरु यो विषयमा विभाजित भएकाले स्वीकृतिका लागि बहुमत पनि जुट्दैन । अस्वीकृतिका लागि दुई तिहाई र अनुमोदनका लागि बहुमत समिति सदस्य हुनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : १३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई