सांसदको आरोप– मधेसबाट कांग्रेसको नाम निशाना हटाउन खोजियो « Khabarhub

सांसदको आरोप– मधेसबाट कांग्रेसको नाम निशाना हटाउन खोजियो


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले तराई मधेसबाट नेपाली कांग्रेस र कांग्रेसका नेताको नाम मेटाउन षड्यन्त्र भइरहेको आरोप लगाएकी छिन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भुसालले यसअघि वीपी उद्यान बनाउनका लागि छुट्याइएको जग्गामा अहिले दुई नम्बर प्रदेश सरकारले शहीद पार्क उद्घाटन गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

‘वीपी जस्तो राजनेता कांग्रेसको मात्र नेता होइन जनताको पक्षमा लडेको नेताको इतिहास मेटाउनका लागि तराई, मधेसबाट कांग्रेस र कांग्रेसका नेताको नाम निशान हटाउन जुन कदम चालिएको छ यसको घोर भत्सना गछौं’ भुसालले भनिन् ।

उनले सभामुख मार्फत प्रदेश सरकारलाई निर्देशन दिनका लागि आग्रह गरिन् ।

‘कानूनी र राजनीतिक हैसित हटाउने अन्यायपूर्ण काम भयो’ भुसालले भनिन्,‘इतिहास मेटाउने काम भयो भने शसक्त विरोधमा उत्रने चेतावनी दिन्छौं । तसर्थ तुरुन्त यो कदम सच्याउनु होस् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ५६ बजे

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा