सांसदको आरोप– मधेसबाट कांग्रेसको नाम निशाना हटाउन खोजियो « Khabarhub

सांसदको आरोप– मधेसबाट कांग्रेसको नाम निशाना हटाउन खोजियो


२३ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले तराई मधेसबाट नेपाली कांग्रेस र कांग्रेसका नेताको नाम मेटाउन षड्यन्त्र भइरहेको आरोप लगाएकी छिन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भुसालले यसअघि वीपी उद्यान बनाउनका लागि छुट्याइएको जग्गामा अहिले दुई नम्बर प्रदेश सरकारले शहीद पार्क उद्घाटन गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

‘वीपी जस्तो राजनेता कांग्रेसको मात्र नेता होइन जनताको पक्षमा लडेको नेताको इतिहास मेटाउनका लागि तराई, मधेसबाट कांग्रेस र कांग्रेसका नेताको नाम निशान हटाउन जुन कदम चालिएको छ यसको घोर भत्सना गछौं’ भुसालले भनिन् ।

उनले सभामुख मार्फत प्रदेश सरकारलाई निर्देशन दिनका लागि आग्रह गरिन् ।

‘कानूनी र राजनीतिक हैसित हटाउने अन्यायपूर्ण काम भयो’ भुसालले भनिन्,‘इतिहास मेटाउने काम भयो भने शसक्त विरोधमा उत्रने चेतावनी दिन्छौं । तसर्थ तुरुन्त यो कदम सच्याउनु होस् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  १२ : ५६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल