नेपाली फुटबल टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपाली फुटबल टोलीले कुवेत र मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेत र मलेसियाको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

नेपालले कुवेत र महिलेसियासँग मार्च महिनाभित्रै पाँच दिनको अन्तरमा मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल कुवेतसँग मार्च २१ र मलेसियासँग २६ मार्चमा हुनेछ । नेपाली टोली खेलका लागि कुवेत र मलेसिया पुग्नेछ ।

योसँगै नेपाल कुवेत र मलेसियाविरुद्ध क्रमश पाँच र सातौं पटक मैदान उत्रिदै छ ।

केही दिन अगाडि मात्रै नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका योहान कालिनले छिट्टै मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गर्ने बताएका छन् ।

“यो मेरो पहिलो काम हो । हाम्रा लागि यी दुई खेल महत्वपूर्ण छन्, खासगरि मेरा लागि र टिमका लागि पनि । यु—२३ को टिम थाइल्यान्डमा हुने एएफसी यु—२३ च्याम्पियनसिप छनोटका लागि अभ्यासमा व्यस्त छ । त्यसका केही नयाँ अनुहार मेरो टिममा पनि पर्नेछन्,” कालिनले भने, “यो हाम्रा लागि परीक्षण पनि हो । हामी दुवै खेलमा राम्रो खेल्न चाहान्छौं ।”

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १ : ४७ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ