जम्मुमा ग्रिनेड आक्रमण हुँदा २६ जना घाइते « Khabarhub

जम्मुमा ग्रिनेड आक्रमण हुँदा २६ जना घाइते


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु– भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको तीन साता पछि जम्मु शहरमा अर्को विष्फोट भएको छ ।

जम्मुको मुख्य बस बिसौनीमा मध्याह्न १२ बजे मानिसहरुको भीड रहेका बेला ग्रिनेड विष्फोट भएको अधिकारीले जनाएका छन् ।

विष्फोटनमा २६ जना घाइते भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले लेखेको छ ।

विष्फोटनमा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घइते हुनेमध्ये ११ जना कश्मीरका, ८ जना जम्मुका तथा बाँकी ६ जना भारतका अन्य राज्यका मानिसहरु छन् ।

घाइते हुनेमा बसचालक, सहचालकहरु तथा बस कुरेर बसिरहेका यात्रुहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी अधिकारीका अनुसार बसमा लुकाइएको ग्रिनेड विष्फोट भएको हो । विष्फोट शक्तिशाली रहेकाले नजिकै रहेका बसका शिसा पनि फुटेका छन् ।

पछिल्लो १० महिनामा जम्मुमा भएको यो तेश्रो गिनेड आक्रमण हो । जम्मु भारतको जम्मु–कश्मीर राज्यको शीतकालीन राजधानी हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  २ : ४४ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका