श्रद्धाञ्जली सभामा प्रचण्डले भने –कस्तो मृत्यु रोज्ने ? सोच्न बाध्य पारेको छ « Khabarhub

श्रद्धाञ्जली सभामा प्रचण्डले भने –कस्तो मृत्यु रोज्ने ? सोच्न बाध्य पारेको छ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व मन्त्रीहरु रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्युले दिएको शोकलाई उर्जामा बदलेर अघिबढ्ने बताएका छन् ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेकपाका अध्यक्ष प्रचण्डले यो पीडालाई नयाँ उर्जामा बदल्ने र दिवंगतबाट प्रेरणा लिएर नयाँ तागत बनाउने बताए ।

‘उहाँहरुले देखाएको सपना पूरा गर्नका लागि संकल्प लिने बेला हो यो’ प्रचण्डले श्रद्धाञ्जली सभामा भने,‘रोएर मात्र बस्न सक्दैनौं र हुँदैन । यो पीडालाई उर्जा बनाउनका लागि उहाँहरुका राम्रा कामबाट अघि बढ्नु पर्छ ।’

बाँचुञ्जेल राम्रो काम गर्ने तर्फ अघि बढ्दा मृत्युपछि पनि समाजले स्मरण गर्ने भन्दै प्रचण्डले नराम्रा काम नगर्ने प्रतिवद्धता व्यक्त गर्ने अवसरको रुपमा यो शोकलाई लिनु पर्ने बताए ।

‘मरेपछि हामीले पैसा लिएर जाने होइन, धन सम्पत्ति लिएर जाने होइन, जाँदा त रित्तै जाने हो भन्ने विर्सेर हामी नकारात्मक कार्यमा उद्यत त भएका छैनौं सोच्नु पर्छ’ प्रचण्डले भने ।

नराम्रो काम गरियो भने मानिसहले हिसाब र स्मरण नगर्ने भन्दै प्रचण्डले राम्रा काममा लाग्न सुझाव दिए ।

‘उहाँहरुको अवसानले जिवितहरुलाई कस्तो मृत्यु रोज्ने भन्दै दार्शनिक रुपमा सोच्न बाध्य पारेको छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  २ : ४५ बजे

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते