जोसे मोरिन्हो प्रशिक्षण मैदानमै सुते « Khabarhub

जोसे मोरिन्हो प्रशिक्षण मैदानमै सुते


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्होले टिमलाई उत्कृष्ट लयमा फर्काउन अति मेहनत गरिरहेका छन्।

माउरिसिओ पोकेटिनोलाई प्रतिस्थापित गरेपछिका तीन खेलमा लगातार जित निकालेको टोटनह्याम जोसेको प्रशिक्षणमा पहिलो पटक उनकै पुरोनो क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भयो । त्यसपछिको खेलका लागि जोसेले आफ्नो तयारी र मेहनत थप सघन बनाएका हुन् ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति टोटनह्यामले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसको तयारीको क्रममा आफू प्रशिक्षण मैदानमा राति बिताएको प्रशिक्षक मोरिन्होले बताएका छन्।

म्यानचेस्टर युनाइटेडसँगको हारपछि ड्रेसिङ्ग रुम निराश महशुस भएको उनले बताए । उनले भने, ‘एक हारपछि कोही पनि निराश हुने होइन । हारपछि त्यो भन्दा बलियो र सक्षम बन्नु पर्छ । निरास होइन, केही प्राप्त गर्ने उत्कठ चाह र आक्रोश हुनु पर्छ ।’

अनुबन्धनको छलफल चल्दै गर्दा पनि मोरिन्हो प्रशिक्षण मैदानमा सुतेको बताइन्छ । शनिबार राति टोटनह्यामले घरेलु मैदानमा १२ औँ स्थानको बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ५८ बजे

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

‍बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले