प्रयोगमा आएनन् कम्प्युटर « Khabarhub

प्रयोगमा आएनन् कम्प्युटर


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटर प्रयोग हुन सकेको छैन।

विद्यालयलाई प्राप्त २२ थान कम्प्युटर सिक्न विद्यार्थी लालायित भए पनि शिक्षकको अभावमा यो विषय पठनपाठन हुन सकेको छैन ।

विगतमा विद्यालय आफैंले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक नहुँदा दुई वर्षअघिदेखि थन्किएर रहेका छन् । प्रयोगमा नआएर थन्किदा सबैजसो कम्प्युटर अब ‘कवाड’ बन्ने डर बढेको विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले चिन्ता व्यक्त गरे ।

विद्यालयको पठनपाठन र शिक्षक व्यवस्थापनमा कसैले चासो नराखेका भङ्गाहा–४ का बासिन्दा स्थानीय अभिभावक गोविन्द खाँ थारु बताउँछन् ।

शिशु (बाल) कक्षादेखि १२ सम्म अध्ययन/अध्यापन हुने विद्यालयमा उपल्लो तहबाट शिक्षक नपठाउने र स्थानीयतहले चासो नराखी दिँदा कम्प्युटर काम नलाग्ने स्थितिमा पुगेको प्रधानाध्यापक यादवको स्वीकारोक्ति छ । विद्यालयमा शिशुदेखि १२ कक्षासम्म एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ का विद्यार्थीको सङ्ख्या १६० छ ।

विद्यालयका कक्षा ८ माथिका विद्यार्थीले दैनिकजसो नै कम्प्युटर शिक्षाबारे चासो राख्ने गरेका नेपाली विषयका शिक्षक कमलबहादुर श्रेष्ठ बताउँछन् । नगर प्रमुख सञ्जीवकुमार साह भने नगरभित्रका विद्यालयका भौतिक अवस्था रुग्ण रहेका र तिनको मर्मतसम्भारमै शिक्षा शीर्षकमा विनियोजित रकम खर्च हुने गरेकाले कम्प्युटर शिक्षकको प्रबन्ध गर्न नसकिएको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : ५० बजे

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)

काठमाडौं- सरकारले राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ । मंगलबार

गोङ्गबुमा किताब बेच्दै महावीर पुन

काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरी– नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी– नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड