अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन « Khabarhub

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको छ । काठमाडौं बुढानिलकण्ठस्थित सिम्लेगाउँमा अटिजमका बालबालिका लागि ‘सुरैया सहयात्री विद्यालय’ को विद्यालय स्थापना गरिएको हो । 

विद्यालयकी प्रिन्सिपल ललिता प्रसाईंले यस विद्यालयको स्थापनाको मुख्य उद्देश्य अटिजम भएका बालबालिकालाई सम्मानजनक शिक्षा, माया र अवसर दिनु रहेको बताउँछिन् । भन्छिन्, ‘यो केवल विद्यालय होइन, एउटा सामाजिक आन्दोलन हो ।  यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीका अनुसार स्थानीय सरकारको दायित्व केबल विकास पूर्वाधार मात्रै नभएर विशेष सामाजिक दायित्व अन्तर्गत यस्ता विद्यालय स्थापनामा साझेदारी गर्नु रहेको बताएका छन् । 

उनले भने, ‘अटिजम भएका बालबालिकाका लागि यस्तो विद्यालय अत्यन्त आवश्यक छ । बालबालिकाको शिक्षा र समावेशी विकासमा नगरपालिकाले सधै सहकार्य गर्न तयार छ ।’

अटिजम विशेषज्ञ सिर्जना प्रसाईंले समाजमा यस्ता खाले विद्यालय अत्यन्त आवश्यक रहको बताइन् । साथै उनले अटिजम भएका बालबालिकाको क्षमता, अधिकार र सम्मानप्रति राज्यलाई थप संवेदनशील बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ३ : २१ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका