बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य « Khabarhub

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशको यू-२३ टिमले नेपाललाई जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेपछी बंगलादेश लयमा फर्किएको थियो । उसका नाजमुल होसेन सान्तो र आफिफ होसेनले अर्धशतकीय खेले ।

६० बलको सामना गरेका सान्तोले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए । यस्तै आफिफ होसेनले ५२ रन बनाए ।

नेपालका पारस खड्काले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए ।

आजको खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गर्ने नेपालको लक्ष्य छ । अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो ।

बंगलादेश यू-२३ ले २ खेलमा २ जित हात पार्दै ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । नेपालसंग बराबर अंक भएपनि बंगलादेश नेट रन रेटको आघारमा अघि छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ११ : ४३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ