यौन क्षमता बढाउन खानुहोस् घरमै पाइने यस्ता खानेकुरा | Khabarhub Khabarhub

यौन क्षमता बढाउन खानुहोस् घरमै पाइने यस्ता खानेकुरा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ ।

यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ ।

यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यौन क्षमता बढाउनका लागि खानपान, शारीरिक व्यायाम आदीलाई विशेषा ध्यान दिन जरुरी रहनेछ ।

दुई पार्टनरलाई सनुष्टि हुनका लागि यौन क्रियाकलाप हुन सकेन भने त्यसले सम्बन्धमा समेत समस्या ल्याउन सक्ने हुँदा यौन क्षमतालाई ध्यान दिन जरुरी हुन्छ ।

यदि हामीले आफ्नो दैनिक आहारमा सन्तुलन मिलाउन सकेको खण्डमा त्यसैअनुरूप यौनक्षमता सधैँ सुन्तुलित रहन्छ । यहाँ यौनक्षमतावर्धक ८ वनस्पतिजन्य आहारबारे जानकारी दिइन्छ, जुन सबै मानिसको पहुँचमा छन् र सबै हिसाबले स्वस्थकर छन् ।

१.गाँजर
गाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले पुरुषमा शुक्रकीट बढाउँछ । गाँजरको सेवन निरन्तर गर्नाले पुरुषको यौनक्षमतामा वृद्धि हुन्छ ।

२. भिन्डी
भिन्डीमा विभिन्न किसिमका भिटामिन पाइन्छन् । यसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्यामा कमी आउँछ । साथै, यसले यौनक्षमतामा वृद्धि ल्याउँछ ।

३. गोलभेँडा
गोलभेँडामा पाइने लाइकोपिन तत्त्वले मानिसमा यौनइच्छा बढाउँछ । यसको सेवनबाट पुरुषमा प्रोस्टेट क्यान्सरको खतरासमेत न्यूनीकरण हुन्छ ।

४. लशून
लशूनमा कामोत्तेजक गुण हुन्छ । लशूनको सेवनले रक्तप्रवाहलाई राम्रो बनाउँछ ।

५.प्याज
प्याज स्वास्थ्यका लागि लाभदायी छ । प्याजको सेवनले यौनांगको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा तीव्र बनाउँछ ।

६. काउली
काउलीमा पाइने पौष्टिक तत्त्वले पनि यौनक्षमतामा वृद्दि ल्याउँछ ।

७. गान्टेमूला
गान्टेमूलाबाट नाइट्रेट तत्त्व प्राप्त हुन्छ । यसको सेवनले यौनांगमा रक्तप्रवाहमा सुधार आउनुका साथै यौनक्षमता वृद्धि हुन्छ । गान्टेमूलाको सेवनले हर्मोनमा सन्तुलन ल्याउँछ ।

८. पालुंगोको साग
पालुंगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनांगमा रक्तप्रवाहसमेत बढाइदिन्छ । तर, उच्च रक्तचाप हुने व्यक्तिले नियमित मालुंगोको साग खान नहुने बताइन्छ ।

९ .एभोगार्डो

फोलिक एसिड र विटामिन बी६ दुबै एक स्वस्थ सेक्स ड्राइव का लागि आवश्यक छ । फोलिक एसिड शरीरलाई ऊर्जा के साथ पंप गर्न सहयोग गर्छ । जबकि विटामिन बी ६ले हार्मोनलाई स्थिर बनाउँछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ४ : ३२ बजे

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका