कतारमा अमेरिका–तालिबान शान्ति वार्ता « Khabarhub

कतारमा अमेरिका–तालिबान शान्ति वार्ता


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका–तालिबान वार्ताको तयारी गरिएको छ ।

कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको द सनले उल्लेख गरेको छ ।

गत साता मात्रै ट्रम्प अफगानिस्तान भ्रमणमा जाँदा तालिबान सम्झौताका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए । दोहामा शनिबार अमेरिकाले वार्ताको आयोजना गरेको सीएनएनले जनाएको छ ।

तीन महिनाअघि मात्रै अमेरिका र तालिबानबीच वार्ता अवरुद्ध भएको थियो । वार्ता प्रक्रिया चलिरहँदा तालिबानले गत सेप्टेम्बरमा श्रृंखलावद्ध हमला गरेपछि अमेरिकी तर्फबाट वार्ता रोकिएको थियो ।

शनिबार दोहामा हुने वार्ता अफगानिस्तानमा तालिबानले हिंसा अन्त्य गर्नुपर्ने तथा युद्धविराम गर्नुपर्ने विषयमा केन्द्रित हुने बताइएको छ । गत सेप्टेम्बरमा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिबानले युद्धविराम गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : ०१ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि