आज भुटानले हारे नेपाल फुटबलको फाइनलमा ! « Khabarhub

आज भुटानले हारे नेपाल फुटबलको फाइनलमा !


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्सलाई हराउँदै १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपाल स्वर्ण पदकका लागि फाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

शनिवार दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोलले पराजित गरेको थियो । गत दक्षिण एशियाली खेलकुदको स्वर्ण पदक विजेता नेपालको यो तीन खेलमा दोस्रो जित हो ।

यो नतिजापछि नेपाल सात अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। लिगको समाप्तिमा शीर्ष स्थानमा रहने दुई देशले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।


शनिवार माल्दिभ्सले १८औँ मिनेटमा गोल गरेर अग्रता लिएको थियो । अभिषेक रिजालले ४३औँ मिनेटमा गोल गरेर बराबरी गरे भने अनन्त तामाङले ५१औँ मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन् ।

शनिवार बेलुका श्रीलङ्का र भुटानबीच खेल हुँदैछ । सो खेलमा भुटान पराजित भए नेपाल फाइनलका लागि छनौट हुनेछ । अन्तिम लिग खेल आइतवार नेपाल र बाङ्ग्लादेशबीच हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : १२ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू