लिगमा पराजित नेपाली महिला टाली स्वर्णका लागि भारतसँगै खेल्ने « Khabarhub

लिगमा पराजित नेपाली महिला टाली स्वर्णका लागि भारतसँगै खेल्ने


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला फुटबल टोली घरेलु मैदानमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा बालादेबीले निर्णायक गोल गरिन् । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन् ।

भारतसँग पराजित भएको नेपाल लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ । अब नेपालले फाइनलमा लिगको शीर्ष स्थानमा रहेको भारतसँग खेल्नेछ ।

नेपाल र भारतबीचको फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : १७ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू