अभिनेत्री ऋचा शर्माले गरिन् बिहे « Khabarhub

अभिनेत्री ऋचा शर्माले गरिन् बिहे


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरेकी हुन् ।

शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्वजनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।- ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।’

सामाजिक सञ्जालमा पनि उनलाई सयौंले बधाइ र शुभकामना दिएका छन् । ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन् । दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।

विवाह गर्नुभन्दा एक महिना अगाडि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ३३ बजे

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार