पतिले चलाइरहेको मोटरसाइकलबाट खसेर पत्नीको मृत्यु « Khabarhub

पतिले चलाइरहेको मोटरसाइकलबाट खसेर पत्नीको मृत्यु


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल रहेकी छिन् ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कमल गाउँपालिका ७ बाह्रघरे चोकस्थित पाडाजुंगी-गौरीगञ्ज भित्री सडक खण्डमा शनिबार भएको दुर्घटनामा धिमालको ज्यान गएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन्। घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पुर्‍याएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : २९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर