१३औँ साग : ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा « Khabarhub

१३औँ साग : ह्याण्डबलमा नेपाली महिला टोली फाइनलमा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो । टोलीले उपाधिका लागि आइतबार नेपाल भारतसँग भिड्ने छ । खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् ।

आजै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ४१–१३ गोलअन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे । बङ्गलादेश र पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन् । १२औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बङ्गलादेश रजत पदक विजेता हो ।

पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा

साग खेलकूदअन्तर्गत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान प्रवेश गरेको छ । भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई हराउँदै फाइनल पुगेको हो ।

आज भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३९–३२ गोलले हराउँदै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक दीपक र नवीन सिंहले सर्वाधिक समान सात गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बङ्गलादेशमाथि २७–१७ ले गोल गर्दै फाइनल पुगेको हो । मोहम्मद उजिर आतिफले सर्वाधिक सात गोल गरे । आइततबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ । त्यस्तै, कास्य पदकका लागि श्रीलङ्का र बङ्गलादेश खेल्नेछ । सागको ११औँ संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो ।

जसमा ११औँ संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो । १२औँ संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ४५ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको