अमेरिकी सिनेटरले खुलाइन आफू बलात्कृत भएको घटना « Khabarhub

अमेरिकी सिनेटरले खुलाइन आफू बलात्कृत भएको घटना


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको माथिल्लो सदन सिनेटकी एकजना सिनेटरले अमेरिकी वायुसेनामा कार्यरत रहँदा आफूमाथि बलात्कार भएको खुलासा गरेकी छिन् ।

रिपब्लिकन पार्टीका तर्फबाट एरिजोना राज्यकी सिनेटर मार्था मक्सालीले अमेरिकी वायुसेनामा कार्यरत रहँदा आफूमाथि आफ्ना वरिष्ठ सैन्य अधिकारीले बलात्कार गरेको खुलासा गरेकी हुन् ।

उनले सिनेटको आम्र्ड सर्भिस उपसमितिमा अमेरिकी सेनामा हुने यौन दुव्यवहारबारेको सुनुवाईका क्रममा आफूमाथि पनि बलात्कार भएको खुलासा गरेकी हुन् ।
उनले आफूमाथि बलात्कार गर्ने सैनिक अधिकारीको पहिचान भने खुलाइनन् ।
त्यसअघि गत जनवरीमा एरिजोना राज्यकै अर्की सिनेटर जोनी एन्स्र्टले पनि कलेज पढ्दा आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।
आफूमाथि बलात्कार भएपनि सैनिक प्रणालीमाथि आफ्नो विश्वास नरहेकाले आफूले बलात्कारबारे उजुरी नगरेको समेत बताइन् ।
‘आफूमाथि बलात्कार भएपछि मैले सैनिक सेवा त्याग्नेबारे पनि विचार गरेँ, तर मैले त्यागिन सैनिक सेवालाई निरन्तरता दिइरहेँ ।’ सिनेटर मक्सलीले भनिन् ।
यता अमेरिकी वायुसेनाले भने मक्सलीले वायुसेनामा रहँदाको भोगाइप्रति दुःख व्यक्त गरेको छ ।
२६ वर्ष अमेरिकी वायुसेनामा सेवा गरेकी उनी कम्ब्याटमा लडाकु विमान उडाउने तथा स्क्वाड्रनको कमाण्ड गर्ने पहिलो महिला पाइलट समेत हुन् ।
उनले सन् २०१० मा अमेरिकी वायुसेनाबाट अवकाश लिएकी थिइन् भने सन् २०१४ मा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेनेन्टेटिभमा चुनिएकी थिइन् । एरिजोनाका सिनेटर जोन मेक्केनको निधन भएपछि मेक्केको स्थानमा उनलाई सिनेटर बनाइएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ३ : ३९ बजे

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य

दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको दरबारमार्गमा आज १९औं ‘दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना गरिएको

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र

जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला– स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक