धरानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता – देउवा « Khabarhub

धरानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता – देउवा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाटीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

पार्टीको सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकल/ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

देउवाले पार्टी भित्र अन्तरघात भएसम्म कांग्रेसले चुनाव जित्न नसक्ने बताए । ‘पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाईगर्ने’ देउवाले भने, ‘यस्ता कार्यकर्तालाईकारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’

यद्यपि उपनिर्वाचनमा धरान उपमहानगरपालिमा कांग्रेस कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले भनाइ थियो । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता हो,’ उनले भने ।

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको देउवाको भनाइ छ। हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  १० : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा