गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न भूतपूर्व ब्रिटिश गोर्खाहरूको माग « Khabarhub

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न भूतपूर्व ब्रिटिश गोर्खाहरूको माग


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूतपूर्व ब्रिटिश गोर्खाहरूले ब्रुनाईको “गोर्खा रिजर्भ युनिट” र “सिङ्गापुर प्रहरी”मा नेपाली युवाहरूको नियुक्ति र व्यवस्थापनमा बेलायत सरकारको भूमिका अन्त्य गर्न माग गरेका छन् ।

भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गोर्खासम्बन्धी “काठमाडौं घोषणापत्र” जारी गर्दै यस्तो माग गरेको हो ।

उक्त घोषणापत्रमा सिंगापुर र ब्रुनाईसँग गोर्खा भर्तीबारे नेपाल आफैँले छुट्टै सम्झौता गर्नुपर्ने माग पनि छ ।

घोषणापत्रमा भनिएको छ, “गोर्खा रिजर्भ युनिट र सिङ्गापुर प्रहरीमा नेपाली युवाहरूको भर्ती र व्यवस्थापनमा ब्रिटिस सरकारले खेलेको बिचौलियाको भूमिकाको अभ्यासलाई तत्काल अन्त गर्न र ती निकायहरूमा कार्यरत सुरक्षा गार्ड तथा प्रहरीले पाउनुपर्ने सबै पारिश्रमिक तथा अन्य सुविधाहरू दिलाउने सम्बन्धमा नेपाल सरकारले तत्काल सम्बन्धित सरकारसँग सम्वाद गरोस्।”

घोषणापत्रमा नेपाली युवाहरूको ब्रुनाई र सिङ्गापुरमा भइरहेको भर्तीको व्यवस्थापन गर्ने हक ब्रिटिश सरकारलाई नभएको पनि उल्लेख छ ।

समितिका प्रवक्ता हिमाल राईका अनुसार गत कात्तिक १८ र १९ गते काठमाडौंमा भएको राष्ट्रिय सम्मेलन र त्यसपछि नागरिक समाजसँग भएका छलफलहरूका आधारमा बिहीवार घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्र भूतपूर्व ब्रिटिश गोर्खाका लागि मार्गनिर्देशक दस्तावेज हुने र शुक्रवारबाट लागु भएको राईले जानकारी दिए । पत्रकार सम्मेलन गर्दै समितिले आफ्ना मागहरू पूरा नभए सन् २०२० हुने गोर्खा भर्तीलाई अवरोध गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : १९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट