प्रहरीको भ्यान नै मापसे गरेर चलाएपछि…. « Khabarhub

प्रहरीको भ्यान नै मापसे गरेर चलाएपछि….


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– सर्वसाधारणको सुरक्षा गर्ने र उनीहरुले नियम पालन नगरे कारवाही गर्ने अधिकार रहेको प्रहरीले नै कानूनको पालन नगर्दा बेलाबेलामा समस्या पर्ने गरेको छ ।

शनिवार ताप्लेजुङको कोप्छेमा यस्तै घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २३३५ नम्बरको भ्यानका चालक प्रहरीले मादक पदार्थ सेवन गरी भ्यान चलाएपछि दुर्घटनामा परेको हो ।

प्रहरीको भ्यान एउटा घरको कम्पाउण्डमा ठोक्किएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको भ्यानका चालकले रक्सी पिएको थाहा पाएपछि सर्वसाधारणले भ्यानलाई घेरा हालेका थिए ।

त्यसक्रममा भ्यानका चालकले गियरसँगै रक्सी राखेको समेत फेला परेपछि चालक र प्रहरी विरुद्ध सर्वसाधारणले आक्रोश पोखेका थिए ।

उनीहरुले गाडी र मापसे गरी सवारीचलाउने चालकलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना