रंगशाला बनाउन का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए १६ हजार | Khabarhub Khabarhub

रंगशाला बनाउन का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए १६ हजार


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रसाद शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका सहयोग गरेका छन् । शर्माले श्रीमती कविता शर्मासँग बिहे गरेको १६ वर्ष पुगेको अवसर पारेर १६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई प्रवक्ता शर्माले सहयोग रकम हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै प्रवक्ता शर्माले अरु नेपालीको पनि सहयोगले रंगशालाको निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

साथै उनले देश बनाउने कर्तव्य सबैको भएकाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणका लागि आह्वान समेत गरे ।

धुर्मुस–सुन्तली फाउन्डेसनले यतिबेला चितवनमा निर्माण गरिने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोग संकलन गरिरहेका छन् । रंगशालाको पूर्ण निर्माण हुन झण्डै तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ३२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार